पुरुषाेतम यादव ,

जनकपुरधाम फाल्गुन २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय प्रमुख सचिव मदन भुजेललाई स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनद्धरा स्वागत गरिएको छ । स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका राष्ट्रिय अध्यक्ष शरण कुमार गुरुङ्गका उपस्थितिमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी मधेश प्रदेश र जिल्ला कार्यसमिति संयुक्त रुपमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कार्याकक्ष जनकपुरधाममै उपस्थित भइ कार्यालय प्रमुख सचिव मदन भुजेललाई माला र दोशाला लगाई स्वागत गरिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कार्यालय प्रमुख सचिव मदन भुजेललाई स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका राष्ट्रिय अध्यक्ष शरण कुमार गुरुङ्गले स्वागत गर्दै स्थानीय सेवाका गठन तथा संचालन ऐन २०८१ ले समेट्न नसकेका विषयहरु यथा सिघ्र सम्बोधनका गरि कर्मचारीहरुका वृत्तिविकासको सुनिश्चितता तथा उत्प्रेरणामा बृद्धि गरेमात्र उच्च मनोबलका साथ सेवा प्रवाहमा प्रभावकारिता र गुणस्तरीयता हुने कुरामा जोड दिनुभयो।
स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका सुझावलाई समेट्दै सम्बोधन गर्नेक्रममा सचिव मदन भुजेलले यो विषयलाई गमभिरताका साथ लिने सचिवस्तरीय वैठक बसी वृहतरुपमा छलफल गरि सम्बोधन गरिने भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका संयुक्त संघर्श समिति मधेश प्रदेशका संयोजक सुजित कुमार साहले जानकारी गराइएको छ । साथै मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष माननीय शिवराम यादवसंग प्रत्यक्ष रुपमा भेट गरी आफ्नो माग प्रस्तुत गर्दा उक्त मागलाई अध्यक्ष यादव सकारात्मक सल्लाहका रुपमा ग्रहन गरेको थियो र सोहीक्रममा सदस्य माननीय शेषनरायण यादव र माननीय त्रिभुवन यादव ज्यूले पनि उक्त सल्लाहलाई सकारात्मक लिदं हामी छलफल गरी निरन्तर अगाडी वढीरहेका छौ र छिटै नै यस समस्यका समाधान हुनेछ भने प्रतिवद्धता व्यक्त गरेको कुरा समेत जानकारी गराउनु भयो ।
प्रकाशित मिति: २०२५-०३-०५ , समय : २३:२३:२१ , १ हप्ता अगाडि