ट्राफिक प्रहरी धनुषाको ‘दुई मिनेट’ अभियान दुईपाँग्रे सवारी चालकहरुसँग ।

पुरुषोत्तम यादव ,

www.nayaasha.com

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले दुई पाँग्रे सवारी चालकहरुसँग “दुई मिनेट” सचेतना अभियान सुरु गरेका छन् ।

अत्यधिक चिसो बढेपछि हुन सक्ने सम्भावित दुर्घटनाबाट जोगाउन र समान्य दिनमा समेत दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरी धनुषाका प्रतिनिधिहरु सडकमा उभिएर दुई पाँग्रे सवारी चालकहरुसँग “दुई मिनेट” सचेतना अभियान चलाएको हो ।

दुर्घटनाका हिसाबले उच्च जोखिमा रहेका दुई पाङ्ग्रे सवारीलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रममा दुर्घटनाको जोखिम न्यूनीकरण र रोकथामका बिषयमा यात्रुहरुलाई दुई पाँग्रे सवारीको जानकारीसहित चलाउने विधि, लेन अनुशासनहरुको बारेमा सानो जानकारी प्रदान गरिएको थियोे ।

दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना भइरहेकोले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियोे ।

प्रकाशित मिति: २०२५-०२-०४ , समय : १८:४६:३० , १ दिन अगाडि