आफन्त नेपाल धनुषाले मनाए १८ औं वार्षिकउत्सव ।

पुरुषाेतम यादव ,

www.nayaashafm.com

जनकपुरधाम, आफन्त नेपालको १८ औं वार्षिकोत्सव आज विहिबार सम्पन्न भएको छ । उक्त अवसरमा आफन्त नेपालले माघ १७ गते मधेस प्रदेशका राजधानी जनकपुरधामका रेल्वे स्टेशनमा मानव वेचविखन तथा ओसारपोसार रोकथामका साथै लैङ्गिक हिंसा विरुद्धका विभिन्न कार्यक्रमहरू समेत सञ्चालनमा ल्याएको थियो ।

‘मानव वेचविखन तथा ओसारपोसर र लैङ्गिक हिंसा अन्तको अभियानमा आफन्त नेपालको १८ औं वर्षको आव्हान, मानव बेचबिखन बिरुद्धको अभियानमा एक्यबद्धता जनाऔँ’ भन्ने नाराको सहित सचेतनामुलक कार्यक्रमका आयोजना गरिएको थियो ।

जनकपुरधाम रेल्वे स्टेशनमा आयोजित उक्त कार्यक्रममा स्थानीयवासी, रेल्वेका यात्रुगन, सशत्र प्रहरीवल रेल्वे वेस क्यामपका प्रहरी प्रशासन, जनकपुर रेल्वेका प्रतिनिधिहरु, आफन्त नेपाल धनुषाका प्रतिनिधिहरु लगायतका सहभागिता रहेको थियो आफन्त नेपालले जनाएको छ ।

आफन्त नेपालले विगत २ वर्ष देखी धनुषामा मानव बेचबिखन तथा ओसारपोसार र लैङ्गिक हिंसा नियन्त्रनका लागी सिमा निगरानी लगायत समुदायी स्तरीय विभिन्न जनचेतनामुलक अभियानहरु संचालन गर्दै आइरहेको र साथै हिंसाबाट प्रभावित महिला र बालिकाहरुका लागी आवधिक संरक्षण गृह, परामर्श तथा अवश्यकता बमोजिम विभिन्न शिपमुलक तालिममा सहभागी गराइ सेवा प्रदान गर्दै आइरहेको आफन्त नेपाल धनुषाका प्रतिनिधिले जनकारी गराउनु भयो । साथै आफन्त नेपालको प्रतिनिधि रंजित कुमार राइले आगामी दिनमा आफन्त नेपालको गतिबिधिहरूलाई अझ पस्किृत गर्दै अगाडी बढाउने बताए ।

 

प्रकाशित मिति: २०२५-०१-३० , समय : १५:१२:५२ , ६ दिन अगाडि