दक्षिणकाली मन्दिरमा राष्ट्रपतिद्वारा पूजा अर्चना बाढीपहिरो प्रभावितका लागी ।

Naya Aasha FM ,

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले धर्मपत्नी सबिता पौडेलसहित बडादशैँको अवसर पारेर सोमवार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा–अर्चना गरेका छन् ।

उक्त अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनःनिर्माणमा राष्ट्रपतिसमक्ष सहयोगका लागि आग्रह गरेका छन् ।

यसका साथै काठमाडौं–मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी निर्वाध यातायात सञ्चालनको हुनु पर्नेमा बस्नेतले जोड दिएका छन् ।
राष्ट्रपति पौडेलले बाढी–पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै मन्दिर क्षेत्र तथा सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका छन् ।

राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०२४-१०-०७ , समय : १२:२७:१४ , ३ महिना अगाडि