Naya Aasha ,
पुरुषाेतम यादव
सर्लाही:माइती नेपालको कर्मचारी, प्रहरी र स्थानीय सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l माइती नेपाल सर्लाहीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा मलंगवा नगरपालिका समाजिक विकास शाखा प्रमुख रामपुकार यादव, अतिथिमा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक संजय कुमार झा, गोरखकाली चौकीका प्रहरी सहायक निरीक्षक बिनोद बहादुर थापा , पहिचान नेपाल सर्लाहीका कार्यक्रम संयोजक नगमा खान र माइती नेपाल सर्लाहीको कार्यक्रम संयोजक अमित यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ l
कार्यक्रममा प्रहरी, माइती नेपाल सर्लाहीका कर्मचारी पत्रकार, लगायत अन्य सरोकारवाला हरूको बिचमा मानव वेचबिखनवाट पीडित तथा प्रभावित हरूको सहयोगका लागि के कस्ता उपाय हरू अपनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो l
कार्यक्रममा मानव बेचविखनका कारणहरू, मानव बेचविखन बाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरू, मानव बेचविखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहार हरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा माइती नेपाल सर्लाहीकोको कार्यक्रम संयोजक अमित यादवले प्रकाश पार्नुभयो l
कार्यक्रममालाई सम्बोधन गर्दै प्रहरी सहायक निरीक्षक बिनोद बहादुर थापाले भने” मानव बेचबिखन तथा ओसारपसारको मुख्य कारण गरिबी हो । गरिबीको कारणले मान्छे विभिन्न प्रलोभनमा परि मानव बेचबिखनमा पर्न जान्छ र खुल्ला सिमा नाकाले पनि यस्तो समस्या नियन्त्रण गर्न गाह्रो भएको अवस्था छ । माइती नेपालले गरेको कामलाई प्रसंशा गर्दै, मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भएकाले यसलाई निर्मूल गर्नका लागि सबै लाग्नु पर्नेमा” जोड दिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पहिचान नेपालका कार्यक्रम संयोजक नगमा खानले भनिन्,” हामिले प्रहरी मेरो साथी भने नाराको साथमा अगाडि बढ्नुपर्छ, किनभने हामीले प्रहरीलाई मात्र दोष दिएर हुदैन हामी पनि बिना बर्दीको (पोशक) प्रहरी नै छौं । जहाँ हिंसा हुन्छ त्यहीँबाट सबैले अवाज उठाउनु पर्छ । अनि मत्र यो समस्या समाधान हुन्छ । अहिले मानव बेचबिखनमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको भन्दै सरकारी र गैरसरकारी संस्थाले मात्र सम्भव हुँदैन, सबैको पुर्ण रुपले सहयोग र सहकार्यले सम्भव छ । साथै सिमा नाकामा हुने गलत किर्याकलापहरु न्यूनीकरण गर्नको लागि नेपाल प्रहरीले ठाँउ ठाँउमा अझै कडा निगरानी र प्रहरी बिटहरुको संख्या बढाउनुपर्ने भनिन् ।”
प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तव्य राख्दै मलंगवा नगरपालिकाका समाजिक बिकास शाखा प्रमुख रामपुकार यादवले भने,” माइती नेपालले गरेको कामहरु एकदमै प्रसंशा योग्य छ । मलंगवा नगरपालिकाले पनि यस्तो समस्या समाधानको लागि पहल गरिएको बताए ।” साथै आउदै गरेको शुभ दिपावली र छठ पर्वको शुभकामना समेत दिनु भयो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रहरी चौकीको प्रहरी जवान,सरोकारवाला निकाय,अधिकारकर्मि, पत्रकार र समाजिक अभियानताहरुको उपस्थित रहेको थियो ।
प्रकाशित मिति: २०२३-१०-३१ , समय : १३:४३:४७ , १ वर्ष अगाडि