Naya Aasha ,
काठमाडौँ : पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जना विरुद्ध संगठित अपराध र भन्सार छलीको अमियोगमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले बताए ।
पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध अभियोगमा मुद्दा दायर
विद्युतीय चुरोट (भेप) मा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
दुबईबाट २०७९ पुस १० गते चिनियाँ तस्कारले भेपमा लुकाएर ल्याएइको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । शंकास्पद रुपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर सामान गोदाममा सिल गरेर राखिएको थियो । तर त्यही सिल गरेकै अवस्थामा भेप चोरी भएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो ।
सुन तस्करीमा महरालाई उन्मुक्ति
भन्सारले भेप नियन्त्रणमा लिएपछि पूर्वसभामुख महरा र उनका छोरा राहुलले पटकपटक भन्सारका कर्मचारीलाई फोन गरी छुटाउन दबाब दिएका थिए । सीआईबीले गरेको सोधपुछमा समेत महराले त्यो कुरा स्विकारेका छन् । तर मुद्दा दायरमा भने उनलाई उन्मुक्ति दिएर उनका छोरा र अरु ३ जनालाई प्रतिवादी बनाएको छ ।
सुन ल्याउनेमध्यका दावाजिन वाङसहित ६ चिनियाँ तस्कर फरार छन् । उनीहरूलाई पक्राउ परेका बखत कारबाही हुने गरी खोजी सूचीमा राखिएको छ ।
प्रकाशित मिति: २०२३-१०-११ , समय : ११:५३:३० , १ वर्ष अगाडि