पुरुषोत्तम यादव ,

जनकपुरधाम,२५ चैत । काठमाण्डौको भृकुटी मण्डपमा चैत्र १५ गते समाजवादी मोर्चाले आयोजना गरेको बृहत् जनप्रदर्शन तथा जनसभापछि तिनकुने क्षेत्रमा घटेका अराजक, हिंसात्मक घटनाको विरोधमा नेकपा एकीकृत समाजवादी पार्टी धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र पंडितका नेतृत्वमा विरोध रयाली प्रदर्शनीका निकाली जिल्ला प्रशासन धनुषाका कार्यालयका अगाडि काेणसभा गरी प्रमुख जिल्ला अधिकारी, धनुषालाई ज्ञयापनपत्र बुझाएका छन्। उक्त ज्ञयापन पत्र बुझाउनेक्रममा मधेस प्रदेशका सांसद प्रदेश सांसद शत्रुधन महताे लगायत स्थानीय देखि लिएर केन्द्रीय कमिटीको पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियोे ।
ज्ञापनपत्रमा राजावादी, प्रतिगामी र दक्षिणपन्थी शक्तिहरूले योजनाबद्ध रूपमा हमला, तोडफोड, आगजनी तथा लुटपाट गरेको आरोप लगाइएको छ। विशेष गरी आलोकनगरस्थित पार्टी कार्यालय, नीजि र सरकारी सम्पत्ति, पत्रकार र सवारी साधनमाथि आक्रमण गरिएको जनाइएको छ।
मोर्चाले घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न, घाइतेहरूको निशुल्क उपचार, पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न, सम्पत्तिको क्षतिपूर्ति दिन र संविधानको रक्षा गर्दै नागरिक सुरक्षाको माग गरेको ज्ञयापनपत्रमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: २०२५-०४-०७ , समय : २१:५२:२५ , ६ दिन अगाडि