नयाँ आशा एफएम ,

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव मोहन कुमार श्रेष्ठ हाजिर भएका छन् ।
सोमबार एक कार्यक्रमबीच उपसचिव श्रेष्ठलाई नगर प्रमुख बेचन दासले हाजिर गराएका छन् । यसअघिका दीपेन्द्र कुमार साह सरुवा भएपछि उनलाई नयाँअधिकृतको जिम्मेवारी सुम्पिएको हो ।
नगर प्रमुख बेचन दासले संघीय मामिला मन्त्रालयबाट उनलाई नयाँ अधिकृतको रुपमा माग गरेका थिए । नगरपालिका अधिकृतविहिन भएपछि उनलाई सोमबार हाजिरी गराएको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश साँसद लखन दासको विशेष उपस्थितिमा उनलाई विदेह नगरपालिकाको कार्यालयमा स्वागत गरिएको हो । उपमेयर आशा देवी झासहित नगरपालिकाका कर्मचारीहरु, विभिन्न वडाका वडाध्यक्षहरुले उनलाई स्वागत गरी कार्यभार सुम्पेको हो ।
प्रकाशित मिति: २०२५-०३-०३ , समय : २१:३४:२० , २ हप्ता अगाडि