नयाँ आशा एफएम ,

जनकपुरधाम । जनकपुरधामका एक पूर्व वडाध्यक्षलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उप महानगरपालिका वडा नम्वर १ का पूर्व वडाध्यक्ष शत्रुधन साहलाई प्रहरीले पक्राउ गरेको छ ।
एक व्यवसायीसँग भएको लेनदेन मुद्दामा उनलाई सोमबार जनकपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीमाथि पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर ५ बस्ने व्यवसायी धर्मेन्द्र साहसंगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो । उनलाई अदालतबाट पक्राउ पूर्जी जारी भए पछि आज पक्राउ गरिएको छ ।
पूर्व वडाध्यक्ष साह जग्गा खरिदबिक्रीमा उनी संग पैसा लिएर नत जग्गा नै दिए नत पैसानै पछि उनी विरुद्ध अदालतमा मुद्दा दायर भए पछि अदालतले उनलाई पक्राउ गर्न आदेश गरेको थियो ।
प्रकाशित मिति: २०२५-०३-०३ , समय : २०:११:५१ , २ हप्ता अगाडि