प्रशासकीय अधिकृतको अभाव, प्रशासनिक कार्य ठप्प भन्दै भंगहा नगरपालिका साचो बुझाए प्रमुख जिल्ला अधिकारीलाई ।

नयाँ आशा एफएम ,

जनकपुरधाम, फागुन १८ गते । महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा नेपाल सरकारले डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा नगरपालिका क्षेत्रका विकास कार्य, आर्थिक प्रशासन र दैनिक सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ।

प्रशासनिक र वित्तीय कार्य प्रभावित भएपछि नगर प्रमुख सञ्जीव कुमार साहले विरोधस्वरूप नगरपालिकाका सबै शाखा र वडा कार्यालयमा तालाबन्दी गरिदिएका छन्।

तालाबन्दीको घटनापछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीलाई सबै कार्यालयका साँचो बुझाउने साहले सरकारसँग प्रमुख प्रशासकीय अधिकृत पठाइदिन पटकपटक अनुरोध गरेको बताउँदै, “जनताको समस्या बढिरहेका छन्, त्यसैले हामी बाध्य भएर तालाबन्दी गर्नुपर्यो,” भने।

नगरपालिकाका स्थानीय बासिन्दा र सेवाग्राहीहरूले प्रमुख प्रशासकीय अधिकृतको अभावमा कामकाज ठप्प भएका कारण आक्रोश व्यक्त गर्दै सम्बन्धित निकायसँग तत्काल समाधानको माग गरेका छन्।

प्रकाशित मिति: २०२५-०३-०२ , समय : २२:०९:५३ , २ हप्ता अगाडि