१५ वटा ट्याक्टर र ५ चालक प्रहरीको नियन्त्रणमा, कमला नदीमा गर्दै थियोे अकैध उत्खनन ।

नयाँ आशा एफएम ,

www.nayaasha.com

जनकपुरधाम। धनुषाको कमला नदीबाट अवैध बालुवारगिट्टी उत्खन्न गरिरहेको अवस्थामा उत्खन्न गर्ने उपकरण सहित १५ वटा ट्याक्टर र ५ जना ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ स्थित पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा छापामारी गरेका छन् ।

नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको चिन्ताका बीच प्रदेश सरकार प्रमुख तहबाट त्यसविरुद्ध छापामारी भएको यो पहिलो पटक हो ।

गोप्य सूचनाको अधारमा आज राति करिब ०१स०० बजेको समयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी र प्रहरी नायव उपरीक्षक लगायत प्रहरी निरीक्षकको गस्ती तथा अनुगमन टोलीले अवैध बालुवारगिट्टी उत्खन्न गरिरहेको अवस्थामा उत्खन्न गर्ने उपकरण सहित १५ वटा ट्याक्टर र ५ जना ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएका छन्।

मुख्यमन्त्री सिँहसहितको टोली पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ वनक्षेत्रभित्रको खोलामा मध्यरात पुग्दा दोहन गरिरहेका स्काइभेटर, टयाक्टर र बकेट तथा त्यसमा संलग्न व्यक्तिहरू अँध्यारोको लाभ उठाइ ठाउँठाउँमा बनाइएका बाटा हुँदै फरार भएका थिए । यद्यपि खोलाको उत्खनन् स्थलबाट दक्षिणतर्फ आउँदै गरेका ट्याकटर, बकेट र चालक नियन्त्रणमा परेका हुन् ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ स्थित रहेको कमला खोलामा नदीजन्य पर्दाथ ९बालुवा तथा गिट्टी० अबैध रुपमा उत्खन्न गरिरहेको अवस्थामा उनिहरुलाई पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो।

नियन्त्रणमा लिइएको उपकरण सहित १५ वटा ट्याक्टर र ५ जना ट्याक्टर चालकलाई आवश्यक कार्वाहीको पठाईएको छ। भने यस विषयबारे थप अनुसन्धान भईरहेको छ।

प्रकाशित मिति: २०२५-०२-०६ , समय : १९:३३:०० , १ महिना अगाडि

सम्बन्धित