‘एचपिभी’ खोप लगाउने तयारी महोत्तरी, ४५ हजार भन्दा बढी किशोरीलाई ।

नयाँ आशा एफ एम ,

जनकपुरधाम । महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध ९एचपिभी० खोप लगाइने तयारी भईरहेको छ । महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा दुई चरणमा सञ्चालन गरिने खोप अभियानअन्तर्गत किशोरीलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जानकारी दिएका छन्। पहिलो चरणको खोप बिहीबार देखि सुरु हुँदैछ ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहभित्रका किशोरीलाई खोप लगाउदै छन् । खोप दिइने विद्यालयका छात्रा ३६ हजार ६० र विद्यालय बाहिरका किशोरी ०८हजार चार सय ६८ रहेका कार्यालय प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिएका छन्।

जिल्लाका सात स्थानीय तहमा पहिलो चरणमा बिहीबारदेखि ३० गतेसम्म खोप सञ्चालन हुने कार्यालयले जनाएको छ । जलेश्वर, लोहारपट्टी, मनरासिस्वा र मटिहानी नगरपालिका तथा पिपरा, एकडारा र महोत्तरी गाउँपालिकालमा पहिलो चरणमा खोप लगाउने कार्यक्रम रहेको वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिएका छन्। यसरी पहिलो चरणमा १९ हजार ६९ जना किशोरीलाई एचपिभी खोप दिइने कार्यालयले जनाएको छ ।

यसैगरी दोस्रो चरणअन्तर्गत आगामी फागुन २ गतेदेखि आठ गतेसम्म सञ्चालन गरिने भएको छ । दोस्रो चरणअन्तर्गत जिल्लाका भङ्गाहा, बर्दिबास, रामगोपालपुर, बलवा, औरही र गौशाला नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिका समावेश छन् । यस चरणमा २६ हजार तीन सय ९५ जना किशोरीलाई खोप लगाइने वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिनुभयो । जिल्लामा खोप दिइने सबैभन्दा बढी बर्दिबास नगरपालिकामा चार हजार नौ सय ८६ र सबैभन्दा कम महोत्तरी गाउँपालिकामा एक हजार सात सय १७ किशोरी छन् ।

जिल्लाका छ कक्षादेखि १० सम्म पठनपाठन हुने सबै विद्यालय र विद्यालय बाहिरका किशोरीलाई लक्षित गरी बस्तीबस्तीमा खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ । जम्मा चार सय दुई खोप केन्द्र व्यवस्था गरिएको साहको भनाइ छ । खोप सञ्चालनका लागि हरेक केन्द्रमा एक सुपरभाइजर, एक भ्याक्सिनेटर र दुई स्वयंसेवकसहित चार जनाको जनशक्ति परिचालन गरिने कार्यालयले स्पष्ट गरेको छ ।

कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीलाई खोप लागाउनुका कारण

विद्यालयहरूले उपलब्ध गराएको तथ्यांकअनुसार ६ कक्षामा पढ्ने अधिकांश छात्राको उमेर १० वर्ष हुने देखिन्छ। यो आधारमा १० कक्षामा पढ्नेको उमेर १४ वर्ष हुने रहेछ।

छात्राको उमेर १०–११ वर्ष छ तर पढाइ पाँच कक्षामा छ भने यस्ता छात्राले खोप पाउँछन् कि पाउँदैनन्रु यस्ता छात्राले अर्को वर्ष पाउँछन्। हरेक वर्ष ६ कक्षामा पढ्ने छात्रालाई एचपिभी खोप लगाउने सरकारको तयारी छ।

विश्व स्वास्थ्य संगठनले एचपिभी खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई प्रभावकारी हुन्छ भनेको छ।

अहिलेको मापदण्डमा एक पटकको खोपले जीवनभर काम गर्छ भन्ने मानिएको छ। पाठेघरको मुखको क्यान्सर रोकथाममा एचपिभी खोप सबैभन्दा बढी प्रभावकारी देखिएको छ।

व्यक्तिगत रूपमा किनेर लगाउने हो भने एक खोपको मूल्य साढे ६ हजार रुपैयाँ पर्छ।

सरकारले लगाएको खोप विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप हो।

प्रकाशित मिति: २०२५-०२-०५ , समय : २०:५२:२२ , १ महिना अगाडि