लैंगिक समानता तथा समाजिकीकरणको सवालमा रुपान्तरणका लागी संगसंगै ओरेकको मधेश प्रदेशस्तरीय कार्यक्रमको सुरुवात ।

पुरुषाेतम यादव ,

www.nayaashafm.com

मार्फत मधेश मधेश प्रदेशका ६ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै कार्यक्रम शुरु भएको छ । महिला पुर्नस्थापना केन्द्र ओरेक नेपाल ले बुधबार धनुषाको जनकपुरधाममा आयोजना गरेको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा प्रदेश स्तरीय सरोकारवालाहरुसँगको समन्वय बैठक मार्फत मधेश प्रदेशका सप्तरी , सिराहा, धनुषा, रौतहट, बारा, पर्सामा रुपान्तरणका लागि सँगसँगै कार्यक्रम सुरुवात गरिएको छ ।

कार्यक्रम महिला मानव अधिकार रक्षक रास्ट्रिय संजालका सदस्य तथा मधेश प्रदेश संयोजक रेखा झाको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति धनुषा को प्रमुख राजनन्दन मण्डलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ्र कार्यक्रममा मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयका महाशाखाका प्रमुख देब कुमारी खत्री, जनकपुरधाम उप महानगरपालिका उप प्रमुख किशोरी शाह ,नागराइन नगरपालिका उप प्रमुख राधा देवी यादव

जिल्ला समन्वय समितिको ,उप प्रमुख संगीता ठाकुर ,सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब प्रसाद कोइराला, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भूवनेश्वर तिवारी,रास्ट्रिय मानव अधिकार आयोग ,ओ सी एम सी लगायत सशक्त महिला समृद्ध नेपाल कार्यक्रमको ४ वटा यु एन एजेन्सी र यसका साझेदार संस्थाहरु र मधेश प्रदेशमा कार्यरत मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाको सहभागिता रहेको थियो कार्यक्रमको संचालन ओरेक मधेश प्रदेश संयोजक विणा सिंहले गर्नु भएको थियो भने कार्यक्रम बारे स्लाइड प्रस्तुति ओरेक काठमाण्डौका कार्यक्रम संयोजक मिलन कार्की ज्यु ले गर्नु भएको थियो भने कार्यक्रम को बयबस्थापन कार्यक्रम अधिकृत लक्ष्मी निरौला ले गर्नु भएको थियो र उक्त कार्यक्रममा जम्मा कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो ।

मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयका महाशाखाका प्रमुख देब कुमारी खत्री , लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा सरकारी तथा गैरसरकारी सस्थाहरु सबै समन्वय बैठक राखेर योजना बनाएर कार्यक्रमहरु नदोहोरिने गरि सहकार्यमा कामगर्न मन्त्रालय समेत प्रतिवद् रहेको छ ।

ओ सी एम सी प्रमुख डा रुवी सिंहले बिगत लामो समय देखि मधेश प्रदेशमा लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा सरकारी तथा गैरसरकारी स्तरबाट विभिन्न तालिम, गोष्ठी र सेमिनार निरन्तर गरि रहदा समेत आहिले आवस्था हेर्दा कार्यक्रम सुरुवात चरणमा रहेको जस्तो देखिएको छ , यहाको समुदायको चेतना कहिले सम्ममा परिवर्तन हुन्छ भन्ने आन्योल को अवस्था छ त्यसमा हाम्रो निरन्तर प्रयास रहेको छ र रहनु पनि पर्छ ।गैरसरकारि सस्थाको तर्फबाट लैंगिक समानता तथा सामाजिकीकरणका लागि अधिकारधारी समुदायको आवस्यकतालाई मध्यनजर गरेर तालिम निर्देशिका तयारी गरेर कार्यक्रम संचालन गर्दा प्रभावकारी उदेश्य प्राप्त गर्न सकिने छ ।

प्रकाशित मिति: २०२५-०२-०५ , समय : २०:१३:४१ , १ महिना अगाडि

सम्बन्धित