नयाँ आशा एफ एम८९.३ ,
काठमाडौँ : नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्ने भएको हो । यसअघि अनौपचारिक रूपमा नेपाल क्रिकेट संघ(क्यान)ले एनपीएलको प्रत्यक्ष प्रसारणको जिम्मा स्टार स्पोर्ट्सलाई दिने तयारी गरेको भन्ने समाचारहरू प्रकाशित भएको थियो ।
शुक्रबार क्यानले औपचारिक रूपमै एनपीएलको प्रत्यक्ष प्रसारणको जिम्मा स्टार स्पोर्ट्सलाई दिइएको जानकारी दिएको हो।
एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुने भएको छ । क्यानले आफैं आयोजना गर्न लागेको यस फ्रेन्चाइज प्रतियोगितामा ८ वटा टोली सहभागी हुनेछन् ।
नेपाल प्रिमियर लिगमा वाग्मती प्रदेशबाट २ र अन्य प्रदेशबाट १/१ टिम बनेका छन् । पहिलो संस्करण खेल्ने टोलीहरूमा काठमाण्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । यी टोलीमा शिखर धवन, रोहन मुस्तफा, बेन कटिङ, माइकल लेभिट, सैफ जाइब, ब्रान्डन म्याकमुलेन, उन्मुक्त चन्दलगायतका चर्चित विदेशी खेलाडीसमेत छन् ।
प्रकाशित मिति: २०२४-११-१६ , समय : २२:०५:४८ , १ महिना अगाडि