सुनैना अस्पताल जनकपुरधामले मनाए पहिलाे वार्षिकउत्सव ।

पुरुषाेतम यादव, नयाँ आशा एफएम जनकपुरधाम ,

www.nayaaashafm.com

जनकपुरधाम १ मंसिर २०८१ । जनकपुरधामको कदम चोकस्थित सनैना अस्पतालले आफ्नो पहिलो वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाएको छ। अस्पतालले आफ्नो एक वर्षको सेवाप्रदान यात्रालाई स्मरण गर्दै  समुदायका विभिन्न व्यक्तित्वका साथै स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न गरेको हो ।

कार्यक्रममा विभिन्न सम्माननीय व्यक्तित्वहरूको उपस्थिति थियो, जसमा नेपालका ख्याती प्राप्त चर्चित वरिष्ठ नेत्ररोग विशेष्ज्ञ डा दामोदर प्रधान प्रमुख अतिथिका रुपमा रहेका थियो साथै वालरोग विशेष्ज्ञ डा वलराम मिश्र, सुनैना अस्पतालमा कार्यरत नेत्ररोग विशेष्ज्ञ डा रंजना ठाकुर, डा सुभाष यादव, डा रुपेश यादव,कमला नगरपालिका स्वास्थय संयाेजक रामकुमार ठाकुर, मिथिला विहारी नगरपालिका प्रमुख प्रशासकी अधिकृत लगायत समाजिक क्षेत्र तथा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, र स्थानीय समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए।

वार्षिकोत्सवको अवसरमा अस्पतालले एक कार्यक्रम आयोजना गर्दै आँखामा हुनसक्ने विभिन्न रोग तथा देखिने विभिन्न लक्ष्णहरु पहिचान गरी आँखालाइ स्वस्थय राख्न महत्वपुर्ण जानकारी प्रस्तुतिकरण मार्फत सुनैना अस्पतालमा कार्यरत नेत्ररोग विशेष्ज्ञ डा रंजना ठाकुरले जानकारी गराउँनु भएको थियो ।

सनैना अस्पतालले आफ्नो स्थापनाको पहिलो वर्षमा थुप्रै उपलब्धिहरू हासिल गरेको छ, जसमा निःशुल्क आँखा परीक्षण शिविर, मोतियाबिन्दु शल्यक्रिया, र अन्य अत्याधुनिक आँखा उपचार सेवाहरू प्रदान गर्न सफल भएको अस्पतालका निर्देशक डा सुभाष यादव जानकारी गराउँनु भयो । अस्पतालले धनुषा, महोत्तरी, सिरहा लगायत जनकपुरधाम र आसपासका क्षेत्रका बिरामीहरूलाई सहज पहुँच र गुणस्तरीय उपचार सेवा दिन महत्वपूर्ण योगदान दिएको छ र साथै एक वर्षको उपलब्धि, सेवा विस्तार र आगामी योजना प्रस्तुत गरेको थियो जसले स्थानीय समुदायलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास गरिएको छ।

वार्षिकोत्सवको अवसरमा, अस्पतालले विशेष विशेष छुट मेम्बरकार्ड वितरण गर्नुभयो । मेम्बर कार्ड प्राप्त गरेका व्यक्तिहरु सुनैना अस्पतालमा आँखा परीक्षण र औषधि वितरण विभिन्न सेवा सुविधामा ३० प्रतिशतसम्म छुट दिइने छ ।

उक्त वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा उपस्थित वरिष्ट नेत्ररोग विशेष्ज्ञय डा दामोदर प्रदान लगायत वक्ताहरुले आ आफ्नो अनुभव साटेका थिए र अन्तमा आफ्नो मन्तव्य राख्नेक्रममा यो कार्यक्रमले अस्पताललाई थप सेवामुखी बनाउने प्रेरणा दिएको र आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य लिएको अस्पतालका निर्देशकले बताए।

प्रकाशित मिति: २०२४-११-१६ , समय : २१:४२:०६ , १ महिना अगाडि