मानव वेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसका अवशरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

पुरुषाेतम यादव ,

www.nayaaasafm.com

यस वर्ष ‘तिनै तहका सरकारको प्रतिबद्धता: मानव बेचबिखन विरुद्ध सबैको ऎक्यवद्द्ता’ भन्ने नारासहित यो दिवस मनाइँदै छ । नाराले बेचबिखन विरुद्ध तिनै तहका सरकारको चासो हुनुपर्ने र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको लागी सबैले मिलेर काम गर्नु पर्ने,सन्देश दिएको छ ।

जनकपुरधामको सरकारी तथा गौर सरकारी संघ-संस्थाहरुले आज संयुक्त रुपमा दिवस मनाइदै छ । आज बिहानै जनकपुरधामको रेल्वे स्टेसनदेखी र्‍याली निकालेर जनकपुरधामको भानु चौक, शिव चौक हुँदै जनक चौकमा आएर कोण सभागरी समापन गरिएको थियो । र्‍यालीमा विभिन्न नारा पोस्टरहरु सहित समाजसेवी,राजनीतिकर्मी,मानव अधिकारकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो । त्यस्तै आज साझमा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम समेत रहेको छ ।

मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।

प्रकाशित मिति: २०२४-०९-०५ , समय : १६:०२:५९ , ४ महिना अगाडि

सम्बन्धित