राजर्षी जनक विश्वविद्यालयमा पहिलो पटक स्ववियु निर्वाचन  हुँदै

कुमार पंकज ,

जनकपुरधाम,१४ साउन । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित रहेको राजर्षी जनक विश्वविद्यालयमा साउन १७ गते  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन लागेको छ । स्थापनाको छैठौं वर्षमा  प्रवेश गरिरहेको राजर्षी जनक विश्वविद्यालयमा यसपाली चुनव हुन लागेको हो । चुनावी प्रक्रियामा विद्यार्थीहरु सहभागी हुन पाउदा  उत्साहित छन।

विश्वविद्यालयमा ४ वटा संकाय अन्तर्गत ७ वटा कार्यक्रम क्यामपसमा संचालित रहेको छ । करिब ६०० विद्यार्थी रहेको भएतापनी हालै अन्तिम स्मेस्टरको परिक्षा दिएर १२५ विद्यार्थीहरुको शैक्षिक सत्र सकिएर क्याम्पस बाहिर छन । अब निर्वाचनमा ४७५ विद्यार्थीले मात्र सहभागी हुन पाउने निर्वाचन समितिका सदस्य तथा व्यवस्थापन संकायका सहायक प्राध्यापक शम्भु पोखरेलले जानकारी दिनुभयो ।

स्ववियु चुनाव नजिकिदै गर्दा सुरक्षालाई चुस्तदुरुस्त बनाउन सशस्त्र प्रहरी उपरीक्षक भुवनेस्वर तिवारीले आज विद्यार्थी प्रतिनिधिहरु संग साक्षरता कार्यक्रम गरेका हुन । साथै साउन १५ र १६ गते देखी मौन अवधी सुरु भएको हुँदा सबैलाई शान्तिपुर्ण रुपमा चुनाव प्रक्रियामा सहभागी हुन,आग्रह समेत गरेका हुन । मतदान गर्न आउने विद्यार्थीहरुले अनिवार्य रुपमा विश्वविद्यालय पोशाकमा आउन सर्वदलीय सहमतिबाट निर्णय गरिए छ ।

चुनावलाई लिएर विद्यार्थी नेताहरु आफ्नो उमेदवारलाई जिताउ अभियान र प्रचारप्रसारमा लागि परेका छन। चुनावलाई लिएर राष्ट्रिय दल तथा मधेस केन्द्रित दलका भात्री  संघसंगठनका प्रतिनिधिहरु जनकपुरधाममा डेरा जमाएर बसेका छ्न ।

उच्च शिक्षाको अवसर सबै क्षेत्रमा पुर्‍याउने उद्देश्यले बहुविश्वविद्यालयको अवधारणा अनुरुप २०७४ मा जनकपुरमा स्थापना भएको थियो राजर्षी जनक विश्वविद्यालय । तर विश्वविद्यालय २०७८ पुसदेखि उपकुलपतिविहीन हुँदा विद्यार्थीको पढाइसमेत प्रभावित हुन पुगेको थियो । जसले गर्दा पदाधिकारी नियुक्तिको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

केहि समय विवादमा रहेपनि,२०८० असार ३१ गते कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राजर्षि जनक विश्वविद्यालयमा प्रा.डा. अमरप्रसाद यादवलाई उपकुलपतिमा नियुक्त गरेका थिए । त्यसपछि विस्तारै विश्वविद्यालयको शैक्षिक गतिविधिमा सुधार आउन थालेका छन ।

 

प्रकाशित मिति: २०२४-०७-२९ , समय : १४:४५:३२ , ५ महिना अगाडि