Naya Aasha ,
पुरुषाेतम यादव
जनकपुरधाम : धनुषामा एक महिलामाथि बलात्कारको प्रयास गरेको भन्दै एक धामी (झाँक्री) लाई फँसाइएको आरोप लगाइएको छ ।
धनुषाको औरही गाउँपालिका वडा नं. १ पौडेश्वर बस्ने आफूलाई कुनै बेला इन्जिनीयर त कुनै बेला अमिन भन्दै आएका गेण्डास्वामी यादव (नाम परिवर्तित र गोप्य) ले श्रीमतिलाई डायन अर्थात बोक्सीको गुण सिकाउन नसकेपछि बलात्कार प्रयासको आरोप लगाएको रहस्य बाहिरीएको हो ।
गत बर्ष श्रीमतिलाई कमला स्नान गराएका यादवले दुश्मनहरुसँग दुश्मनी निकाल्न डायन बोक्सीको गुण सिकाइदिनको लागि धामीलाई आग्रह गरेको थियो । धामीले डायन बोक्सीको गुण सिक्नु सबैको वशको कुरा नरहेको जवाफ फर्काएपछि पीडित भनिएकी महिलाले मन्त्र सिक्ने जिद्द गरेकी बताईएको छ । त्यस वापत धामीलाई रकम समेत दिने नाम नखोल्ने शर्तमा धामीकै एक आफन्तले बताए ।
धामीले डायन बोक्सीको गुण लिनको लागि परिवारको एक सदस्यलाई मार्नुपर्ने अर्थात खानुपर्ने बताएपछि महिलाले अस्विकार गर्दै अर्को तरिकाबाट सिकाइदिन भनेकी थिइन् । महिलाले छोरा वा श्रीमानलाई नखाई अर्को तरिकाबाट बोक्सीको गुण सिकाइदिन भनेको बताईएको छ ।
यसपछि अहिले थुनामा रहेका झाँक्री विष्णुदेव ठाकुरले श्मसान घाटमा गएर कालरात्रीको रातमा वस्त्रहिन भएर उभिनुपर्छ भने । नाँगै उभिएको अवस्थामा अदृश्य शक्तिले छोए मात्र गुण सिक्न सकिने बताएको थियो । सोही अनुसार, महिला, महिलाको श्रीमान यादव र धामी ठाकुर तीनै जना एक साथ गाउँभन्दा केही दुरीमा रहेको श्मसान घाटमा गयो । कालरात्री अर्थात दशैँको महाष्टमीको दिन रात्री करिब १२ बजेको समयमा महिलामाथि झाँक्री ठाकुरले मन्त्र फालेको उनका आफन्तले बताए ।
मन्त्र सन्त्र फालेर मात्र वस्त्रहिन हुनुपर्ने झाँक्रीले बताएको थियो । उनको श्रीमान समेत त्यही उभिएको बेला महिलालाई मन्त्र हानेर मन्त्र सहन सकेपछि वस्त्रहिन हुने शर्त थियो । धामीले महिलामाथि मन्त्र लगाएपछि उनी ढलिन् । ढलेपछि धामी र उनको श्रीमानले उनलाई उठाएर घर ल्यायो । घर ल्याएपछि महिला होसमा आउँदा उनलाई धामीले भने–“यो तिम्रो वशको कुरा होईन, तिमीबाट बोक्सीको गुण सिक्न हुँदैन ।”
यसपछि गाउँघरतिर अन्धविश्वासमा परेर यसलाई स्थानीय भाषामा “गुणझुक्कु” भनिन्छ । गुण सिक्न नसकेपछि गुणझुक्कु हुँदा भूतप्रेत लाग्ने, घरको देवता बिग्रिनी, हानी नोक्सानी हुने भन्ने डरले धामीमाथि बलात्कार प्रयासको आरोप लगाएको बताईएको छ ।
यसरी लगाईयो झुठो बलात्कार प्रयासको आरोपः
श्रीमतिले डायन सिक्ने नपाएपछि गुणझुक्कु हुदाँ छोराछोरी वा परिवारिक सदस्यमाथि देवता बिग्रीने, हानी नोक्सानी हुन्छ भनेर धामीलाई यसबाट कुनै क्षति नहुनुपर्ने भनेर धम्की दिए । धामीले केही पनि नहुने र देवता बिग्रियो भने आफू केही पनि गर्न नसक्ने जवाफ फर्काए । धामीको जवाफपछि डराएका यादवले श्रीमतिको ईज्जतलाई मोहरा बनाउँदै धामीलाई डर त्रास देखाउन सुरु गरे ।
यादवले धामीलाई आफू यतिको पावरफूल मान्छे रहेको भन्दै धम्काएको भिडियो समेत उपलब्ध छ । उनले प्रहरी प्रशासन, एसपी, डिएसपी, नेता, मन्त्री कसैले पनि केही गर्न नसक्ने भन्दै मेरो घरमा केही भए तिमिलाई जेल हाल्ने धम्की दिएको भिडियोमा प्रष्ट छ । सो वापत यादवले धामीलाई झन डराउन, डरत्रासमा राख्न र झाँक्री धामीको काम छुटाउन १० लाख रुपैयाँको चेक र कपाली तमसुक समेत बनाएको प्रमाण न्यूज ब्यूरोले फेला पारेको छ ।
न्यूज ब्यूरोले फेला पारेको भिडियो प्रमाणमा पटक पटक धामीलाई धामीझाँक्रीको काम समेत छाडन र आफ्नो परिवारलाई केही भए मारिदिने धम्की समेत दिएको प्रष्ट देखिन्छ । सुरुमा ५/७ जनाको समूहमा आएका यादवले मात्र धम्काएको थियो । त्यसपछि अर्को दिन एक्लै आएर तमसकु बनाउँदै १० लाख रुपैयाँको एनआईसी एसिया बैँकको चेक समेत लिएको प्रष्ट छ ।
सुरुमा यादवले श्रीमतिलाई बलात्कार नै गरेको भनेर दाबी गर्दै प्रहरीमा उनले योनीमा औला छिराएको बताउन थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आईतबार मेडिकल महिलाको मेडिकल समेत गराईएको प्रहरीले जनाएको छ ।
कपाली तमसुक बनाएको प्रमाण, चेक लिएको प्रमाणपछि यस्ता मुद्दा मिलाउने आरोपमा महिलाको श्रीमान र महिला समेत जेल जाने निश्चित छ । आरोप झुठो साबित भए श्रीमान श्रीमति जेल जाने सम्भावना पनि उतिकै छ ।
प्रकाशित मिति: २०२३-१०-३१ , समय : १३:५८:५४ , १ वर्ष अगाडि