Naya Aasha ,
रौतहट : रौतहट स्थित २५ लाख भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान, एकथान पिकअप भ्यान र मोटरसाइकलसहित ६ जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ।
सीमावर्ती भारतीय बजार बरगिनिया , घोदासहन लगायत बजारबाट तस्करहरुले भन्सार छलेर माछा, आलु, प्याज, सुजी, चिनी, विभिन्न ब्राण्डका मदिरा, लगायत २५ लाख दुई हजार रुपैयाँको सामानसहित छुट्टाछुट्टै नाकाबाट प्रहरीले उक्त सवारी साधन तथा तस्करलाई नियन्त्रणमा लिएको एसपी श्रेष्ठले बताए।
बरामद सामान, सवारी साधन सहित पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रकाशित मिति: २०२३-०९-२१ , समय : ११:४७:५७ , १ वर्ष अगाडि